अमेरिका पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १८, बुधबार (८ महिना अघि)
  • ४ पटक पढिएको
अमेरिका पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाण्डाै,१८ असार। आकर्षक तलबको प्रलोभनमा परी वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–१२ घर भई काठमाण्डौको चन्द्रागिरि नगरपालिका–७ बस्ने ३० वर्षीय रञ्जन पाण्डे रहेका छन् । रञ्जनले अमेरिका पठाइदिने भन्दै एक जनाबाट ७५ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई काठमाण्डौ महानगरपालिका–४ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस