धनकुटामा एक युवकको बेवारिसे अवस्थामा शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १८, बुधबार (८ महिना अघि)
  • ६ पटक पढिएको
धनकुटामा एक युवकको बेवारिसे अवस्थामा शव फेला

धनकुटा,१८ असार। धनकुटाको पाख्रिबास नगरपालिका-५ रुपाटारमा एक युवकको बेवारिसे अवस्थामा शव फेला परेको छ । उक्त शव भोजपुर, अरुण गाउँपालिका ७ बस्ने वर्ष २७ को सागर थापाको रहेको पुष्टि भएको छ ।

झापास्थित मावली घरबाट गत सोमबार फर्केकोमा घर नपुगेपछि खोजी गर्दा मंगलबार साँझ उनलाई मृत पारिएको प्रहरीले जनाएको छ ।

खोजतलास गर्ने क्रममा निजका बुवाले जिल्ला धनकुटा, पाख्रीबास नगरपालिका,५ रुपटारस्थित खेतबारीमा घोप्टो परी मृत अवस्थामा फेला परेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस