धनगढीमा पानी जमेको खाल्डोमा डुबेर ८ वर्षीय बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १८, बुधबार (८ महिना अघि)
  • ५ पटक पढिएको
धनगढीमा पानी जमेको खाल्डोमा डुबेर ८ वर्षीय बालकको मृत्यु

धनगढी,१७ असार। धनगढी उपमहानगरपालिका–१२ सि गाउँमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।मंगलबार साँझ करिब ९ बजे ८ वर्षीय सिदार्थ श्रेष्ठ खेल्ने क्रममा खाल्डोमा डुबेर गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामा भेटिएका श्रेष्ठलाई उपचारका लागि तत्काल सेती प्रादेशिक अस्पताल, धनगढी ल्याइएको थियो। तर, उपचारकै क्रममा साँझ ९स्१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मृतकको शव अहिले सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस