धनकुटामा लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २०, शुक्रबार (७ महिना अघि)
  • ३ पटक पढिएको
धनकुटामा लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ

धनकुटा,२० असार। धनकुटा बजारबाट लागुऔषध ब्राउन सुगरसहित एकजनालाई आज प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका– ६, सरस्वती चोकका ५० वर्षीय सुशील खड्गीलाई ब्राउन सुगर २५० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए । 

प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा खड्गीलाई उनको घरबाट लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले बताएको छ । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
     

ताजा अपडेट

खोजी गर्नुहोस