काठमाडौं,२० असार। बैंकिङ कसुरका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेतको चौकुने गाउँपालिका- ५ घर भई काठमाडौं महानगरपालिका- ७ चावहिल बस्ने ४६ वर्षीय केशवराज तिवारी पक्राउ परेका हुन् ।
उनका विरुद्ध बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले १० लाख ६० हजार जरिवाना तोकेको थियो । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।