बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २०, शुक्रबार (७ महिना अघि)
  • ३ पटक पढिएको
बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादी पक्राउ

काठमाडौं,२० असार। बैंकिङ कसुरका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतको चौकुने गाउँपालिका- ५ घर भई काठमाडौं महानगरपालिका- ७ चावहिल बस्ने ४६ वर्षीय केशवराज तिवारी पक्राउ परेका हुन् ।

उनका विरुद्ध बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले १० लाख ६० हजार जरिवाना तोकेको थियो । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस