भुसभित्र लुकाइएको १० क्विन्टल काजु बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २२, आईतबार (७ महिना अघि)
  • ४ पटक पढिएको
भुसभित्र लुकाइएको १० क्विन्टल काजु बरामद

सर्लाही,२२ असार। बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरीले बिना बिलबिजकको ठूलो परिमाणको काजु बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायब निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले आइतवार बिहान करिब ११ बजे मदनपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनि ट्रक चेकजाँच गर्दा, परालको भुसभित्र लुकाइएको करिब १० क्विन्टल काजु फेला पारेको हो।

बरामद काजुमा कुनै बिलबिजक नदेखिएपछि प्रहरीले उक्त ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ। चालक बरहथवा नगरपालिका–१३ बसबरीया निवासी करिब ५६ वर्षीय राजबंशी झा रहेको छ। हाल सवारीसाधन, चालक र बरामद काजुसम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस