मोरङमा प्रहरीले गोली हानेर लागुऔषध कारोबारी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २२, आईतबार (७ महिना अघि)
  • ३ पटक पढिएको
मोरङमा प्रहरीले गोली हानेर लागुऔषध कारोबारी पक्राउ

मोरङमा,२२ असार। मोरङको रंगेलीमा प्रहरीले हवाइ फायर गरेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।

सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । उक्त टोलीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही ठेगाना भएका ३८ वर्षीय सुशिल बुढाथोकी र अर्की एक भारतीय महिला रहेका छन् । भारतीय महिलाको भने पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस