त्रिशूली नदीमा २ जनाको शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २४, मंगलबार (७ महिना अघि)
  • ७ पटक पढिएको
त्रिशूली नदीमा २ जनाको शव फेला

काठमाडौं, २४ असार । धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला परेको छ । त्रिशूली नदीको किनारमा २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो । 

शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान रहेको हमालले बताए । शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन् । घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको उनको भनाइ  छ ।

ताजा अपडेट

खोजी गर्नुहोस