कृष्ण तिवारी
असार २४ गते ।रौतहट जिल्ला अन्तरगत रहेको गुजरा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा उदय प्रसाद देवकोटा आएपछि अहिले नगर पालिकाको विकासमा तिब्रता आएको छ । असार मसान्त को अन्तमा असार ९देखि गुजरा नगरपालिकामा उनी हाजिर भए देखि अहिले सो नगरपालिकाले सञ्चालन गर्दै आएका सम्पुर्ण विकासका आयोजनाहरुको काममा तीब्र प्रगति हुँदै आएको सरोकारवालाहरु ले बताएका छन ।
गुजरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा बिगत का दिनहरुमा समाजिक सुरक्षा भत्ता,सुत्केरी भत्ता,कर्मचारीको तलबका साथै बिकासका आयोजनाको रकम भुक्तानी नहुँदा श्रमिकहरू पारिश्रमिक पाउनबाट वञ्चित हुनुको साथै विकासका सम्पुर्ण गतिविधिहरू थप्प भएका थिए।
स्थानियका अनुसार नगरपालिकामा प्रमुख प्रसाशकिय अधिकृतको रुपमा उदय प्रसाद देवकोटा आए पछि नगरपालिकाले प्रभाह गर्ने सम्पुर्ण सेवाहरू नियमित रुपमा संचालन हुनुका साथै कर्मचारीहरु पनि समयमा नै आउने गरेका छन ।अधिकृत देवकोटा आफै फिल्डमा पुगि योजनाहरुको अनुगमन निरीक्षण गरि पारदर्शीरूपमा काम गरिरहेको इन्जिनियर प्रवीण चौधरीले बताए ।
स्वच्छ छवि तथा काममा अग्रसर रहने प्रसाशकिय अधिकृत देवकोटा आफू यस नगरपालिका आएको पन्द्र दिन भएको र आफू यस नगरपालिकाका बिकासको लागि जनप्रतिनिधिहरु संग पार्दर्शिक रुपमा काम गर्दै आएको बताए। उनले गुजरा नगरपालिकाका जनताको सेवाको लागि आफुलाइ सरकारले पठाएको ले आफू कसैको डर या धाक धम्की नमानी निरन्तर रुपमा सेवा गर्ने बताए ।


