पहिरोमा परेर मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २५, बुधबार (७ महिना अघि)
  • ४ पटक पढिएको
पहिरोमा परेर मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

काठमाडौं,२५ असार। सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित माथिल्लो सिद्धबाबानजिकै मंगलबार राति सडकमाथिबाट खसरेको पहिरोमा परेर रामपुर नगरपालिका-५ तालपोखराका ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो । पाल्पाबाट बुटवल जाँदै गरेका भण्डारी चढेको लु ५१प ६६३३ नम्बरको मोटरसाइकलमा ढुंगासहितको पहिरो खसेको थियो ।

भण्डारीलाई पहिरोले सडकबाट तल पुर्‍याएको थियो । प्रहरी चौकी दौभानको टोलीले उनको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकलको पछाडि सवार २९ वर्षीय कल्पना चापागाई सामान्य घाइते भएकी छन् । उनी पनि तालपोखरा कै हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस