काठमाडौंमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २५, बुधबार (७ महिना अघि)
  • ३ पटक पढिएको
काठमाडौंमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं,२५ असार। काठमाडौंमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा सर्लाहीका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका – १ घर भएका २४ वर्षीय सोनाम योञ्जन रहेका छन्।

प्रहरीका अनुसार मंगलबार दिउँसो बा. प्र–०१–००२ ज. ७३७८ नम्बरको माइक्रोले सोनाम सवार बा.प्र.–०२–०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लगिएको थियो।

उनको उपचारकै क्रममा मृत्यु भएको हो। दुर्घटनापछि स्कुटरलाई ठक्कर दिने माइक्रो र चालक टोखा घर भएका ३९ वर्षीय सुरेन सिलवाललाई नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस