रूपन्देहीमा अवैध हतियारसहित एक युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २५, बुधबार (७ महिना अघि)
  • ३ पटक पढिएको
रूपन्देहीमा अवैध हतियारसहित एक युवक पक्राउ

रूपन्देही,२५ असार। दाङको घोराही उपमहानगरपालिका-१५ स्थित बीपी चोक नजिकै रहेको लोटस तालिम केन्द्रको होस्टेलबाट अवैध हतियारसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-३, फलाटे घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९ वर्षीय अजय बिकले अवैध हतियार तथा गोली लुकाएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी नायब निरीक्षक सुरज सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले अजय बिक सुत्ने खाटमुनि राखिएको कालो रंगको जोर्डन लेखिएको पछाडि भिर्ने झोलाभित्र लुकाइ राखिएको अवस्थामा ० दशमलव ३२ बोर क्षमताको एउटा पेस्तोल, सो पेस्तोलमा प्रयोग हुने चारवटा गोली र सात राउन्ड क्षमताको एउटा म्यागजिन फेला पारेको हो ।

प्रहरीले ती हतियारसहित अजय बिकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस