काठमाडौँ,२५ असार। नेपाली कांग्रेसले पछिल्लो संसदीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै दर्जनभन्दा बढी नेताहरूलाई कारबाही गरेको छ।

पार्टीको केन्द्रीय अनुशासन समितिको ९ देखि १७ गतेसम्म बसेको बैठकले केन्द्र, प्रदेश तथा स्थानीय तहमा अन्तर्घात गर्ने नेताहरूलाई कारबाही गरिएको समिति सभापति आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिएका छन् ।


