रौतहटको बागमती नदीमा एक बालक बेपत्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २६, बिहिबार (७ महिना अघि)
  • ४ पटक पढिएको
रौतहटको बागमती नदीमा एक बालक बेपत्ता

रौतहट,२६ असार। रौतहटको बागमती नदीमा दाउरा निकाल्ने क्रममा बगेर एक बालक बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार दिउँसो करिब २ बजेतिर सर्लाही र रौतहटको सिमानास्थित बागमती नदीमा दाउरा संकलन गरिरहेका बेला दुई बालक नदीमा बगेका थिए।

बगेकामध्ये सर्लाहीको माधवनारायण नगरपालिका–८ का १३ वर्षीय शिव जी पासवान अझै बेपत्ता छन्। उनीसँगै रहेका रौतहटकै बौधिमाई नगरपालिकाका १३ वर्षीय सुधिर पासवानको भने सकुशल उद्दार गरिएको छ।

दुवै जना बगमती नदीले बगाएर ल्याएका दाउरा निकालिरहेका बेला अचानक बगेका थिए। शिव जीको खोजी कार्यमा प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस