लागुऔषधसहित सर्लाही प्रहरीले दुई युवकलाई पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २७, शुक्रबार (७ महिना अघि)
  • ३ पटक पढिएको
लागुऔषधसहित सर्लाही प्रहरीले दुई युवकलाई पक्राउ

सर्लाही,२७ असार। भारतबाट नेपाल भित्र्याउँदै गरिएको लागुऔषधसहित सर्लाही प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। मलंगवा नगरपालिका–८ मा प्रहरीको नियमित जाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका–८ निवासी २७ वर्षीय विवेक चौलागाई र २६ वर्षीय लक्ष्मण बम्जन रहेका छन्। उनीहरू बा. ६६ प १५७५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा बुधबार साँझ पक्राउ परेका हुन्।

प्रहरी चौकी गोरखकालीबाट खटिएको टोलीले जाँचका क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध नाइट्राजेपामका १७ ट्याब्लेट फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस