धनुषा, २८ असार। धनुषाको जनकपुर-ढल्केवर सडकखण्डमा शुक्रबार दिउँसो साढे दुई बजेतिर एउटा सवारी साधन अनियन्त्रित भई दुर्घटनामा परेको छ। ढल्केबरबाट जनकपुरतर्फ गइरहेको बा ०१ ०२७ च ६२८५ नम्बरको गाडी ढल्केबर नजिकै अनियन्त्रित भई सडक छेउमा दुर्घटना भएको हो।
दुर्घटनामा सर्लाही नवलपुरका आर एन आर चार्टर बिजिनेस सोलुशन प्रालिका डाइरेक्टर बिक्की अधिकारी सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार अधिकारीलाई प्राथमिक उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।
दुर्घटनामा परेको गाडीमा ठूलो क्षति पुगेको र प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिका कारण सवारी साधन अनियन्त्रित भएको हुन् सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

