पर्सागढीबाट अवैध सालको काठ बरामद, दुई तस्कर पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २९, आईतबार (१ साल अघि)
  • ११२ पटक पढिएको
पर्सागढीबाट अवैध सालको काठ बरामद, दुई तस्कर पक्राउ

वीरगञ्ज,२९ असार। पर्सा जिल्लाको पर्सागढी नगरपालिका क्षेत्रबाट सालको अवैध काठ तस्करीमा संलग्न दुई जना तस्करलाई बन गस्ती टोलीले पक्राउ गरेको छ ।

शनिवार राति करिब १२ बजे सबैयास्थित साझेदारी वन क्षेत्रबाट सालको गोलिया साइकलमा बोकेर रतनपुरतर्फ लैजाँदै गरेका दुई जनालाई पर्सागढी–४ स्थित भेडाहा टोल नजिकैबाट नियन्त्रणमा लिइएको हो । गस्ती टोली सब डिभिजन वन कार्यालय सबैयाका रेन्जर भूपाल रोकायको नेतृत्वमा खटिएको थियो ।

पक्राउ पर्नेमा पर्सागढी–४ पसरामपुरका अब्दुला देवान र वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकका जोखुवा रहेका छन् । दुवै जना काठ तस्करीमा संलग्न ‘नामुद तस्कर’ रहेको र उनीहरूसँगै रहेका अन्य दुई जना भने गस्ती टोली देखेपछि फरार भएको रेन्जर रोकायले जानकारी दिए ।

उनीहरूको साथबाट ४ थान सालको गोलिया र तस्करीमा प्रयोग गरिएको साइकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनामाथि आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय वीरगञ्जमा बुझाइएको छ भने फरार तस्करहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस