कैलालीमा पेस्तोल र गोलीसहित तीन जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ३१, मंगलबार (७ महिना अघि)
  • ३ पटक पढिएको
कैलालीमा पेस्तोल र गोलीसहित तीन जना पक्राउ

कैलाली,३१ असार। भजनी नगरपालिका-९ आमबाडिबाट हतियारसहित ३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ५० वर्षीय दिलिप कार्की, उनकै छोरा २२ वर्षीय बिकास कार्की र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश विक पक्राउ परेका हुन्। 

प्रहरीका अनुसार पेस्तोल २ थान, सोही पेस्तोलको गोली ११ राउण्ड, म्यागजिन १ थान, हर्नेट १ थान, गोली २४ राउण्ड, छर्रा १ डिब्बा, मयुरको प्वाख २ गुच्चा र जरायोको सिङ ३ थान सहित ३ जनालाई सोमबार दिउँसो पक्राउ गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले दिलिपको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस