सर्लाहीमा सडक बनाउन खनिएको खाल्डोमा खस्दा बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १, बुधबार (७ महिना अघि)
  • ३ पटक पढिएको
सर्लाहीमा सडक बनाउन खनिएको खाल्डोमा खस्दा बालकको मृत्यु

सर्लाही,३२ असार। सर्लाहीको हरिपुर नगरपालिका-१ जानकीनगर टोलमा सडक निर्माणका लागि डोजरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानीय दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादव छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मङ्गलवार बिहान १० बजेपछि खेल्ने क्रममा सुशान्त हराएका थिए ।

परिवार र स्थानीयले खोजी गर्दा राति ११ बजे घरबाट करिब पाँच सय मिटर दक्षिण पूर्वमा रहेको पानी जमेको खाल्डोमा उनको शव फेला परेको थियो । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस