काठमाडौँबाट एम्फेटामाइनसहित ४ जना पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १, बुधबार (७ महिना अघि)
  • ४ पटक पढिएको
काठमाडौँबाट एम्फेटामाइनसहित ४ जना पक्राउ 

काठमाडौँ,३२ असार। लागुऔषध नियन्त्रण व्यूरोले एम्फेटामाइन सहित ४ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका ३८ वर्षीय कमल बहादुर तामाङ, ३२ वर्षीय दीपेन्द्र तामाङ, २७ वर्षीय उमेश भोलोन र बारा घर भएका २९ वर्षीय उग्रेन लामा छन् । 

आरोपीहरूको साथबाट १५५ ग्राम एम्फेटामाइन बरामद गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसपी जनक बहादुर शाहीले बताए ।

जेठ ३० मा तीनजना ठमेलबाट पक्राउ परेका हुन् । उग्रेन लामालाई नारायणस्थान स्थित रिसोर्टबाट पक्राउ गरिएको शाहीले जानकारी दिए । आरोपीहरूले सो एम्फेटामाइन भारतको नयाँ दिल्लीबाट ल्याएको प्रहरीलाई बयान दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस