सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १, बुधबार (७ महिना अघि)
  • ३ पटक पढिएको
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही,३२ असार। सर्लाहीको कबिलासी नगरपालिका–१०, पिडार चोक नजिकै नवलपुर–मलंगवा सडकमा बुधबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ। प्रदेश २–०३–०१४ प १२१४ नम्बरको मोटरसाइकल कबिलासीबाट मलंगवातर्फ जाँदै गर्दा पैदलयात्रीलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका ती पैदलयात्रीलाई तुरुन्तै मलंगवाको प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्। प्रहरीका अनुसार मृतक करिब ५० वर्षका देखिन्छन्, तर उनको नाम र ठेगाना पत्ता लाग्न बाँकी छ।

दुर्घटनामा मोटरसाइकल चालक कबिलासी–८ का २२ वर्षीय रुपेश राय र उनकी श्रीमती २० वर्षीया पिंकी देवी राय सामान्य घाइते भएका छन्। उनीहरूको मलंगवा अस्पतालमा उपचार भइरहेको छ र प्रहरीको निगरानीमा छन्। मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा छ।

ताजा अपडेट

खोजी गर्नुहोस