लागूऔषधसहित दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३, शुक्रबार (७ महिना अघि)
  • ३ पटक पढिएको
लागूऔषधसहित दुई जना पक्राउ

रौतहट,०२ श्रावण । रौतहटमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको राजदेवी नगरपालिका ८ का २३ वर्षीय नितेश कुमार पण्डित र ३२ वर्षीय निखिल कुमार यादव रहेका छन्। प्रहरीका अनुसार उनीहरुलाई राजदेवी नगरपालिका वडा नम्बर १ स्थित लक्ष्मीपुरबाट पक्राउ गरिएको हो।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत लागू औषध नियन्त्रण ब्यूरो शाखाको संयुक्त टोलीले बुधबार राति भारतीय नम्बर प्लेटको विआर ०५ यु ५८६० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई लागूऔषध सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस