ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३, शुक्रबार (७ महिना अघि)
  • ३ पटक पढिएको
ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

हुम्ला, २ श्रावन। सिमकोट गाउँपालिका- १ को दोजाम बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

सिमकोट गाउँपालिका-१ को दोजामबाट सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १३ घाइते र १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले बताए।

डीएसपी पोखरेलका अनुसार १५ जना सवार रहेको कर्णाली प्रदेश ०२००१ त ०३५३ नम्बर ट्याक्टर दोजाम बैजीबाडा नजिक दुर्घटना भएको हो । उनले भने, ‘जडीबुटी सकंलन गरी घर फर्किरहनु भएको रहेछ । तर बीचमै दुर्घटना भएको छ। हामी उद्धार गरिरहेका छौं, ट्याक्टर खोलामा छ।’

ट्याक्टरमा चढेकाहरू खार्पुनाथ गाउँपालिका- ३ र सिमकोट गाउँपालिका-८ स्याडाका स्थानीय रहेको डिएसपी पोखरेलको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस