सिरहाबाट ७१७ किलो लागुऔषध गाँजा बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३, शुक्रबार (७ महिना अघि)
  • ४ पटक पढिएको
सिरहाबाट ७१७ किलो लागुऔषध गाँजा बरामद

जनकपुरधाम, २ श्रावन। सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियामा ठूलो परिमाणमा लुकाइछिपाइ राखिएको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

आज बिहान ६ बजे गोप्य सूचनाको आधारमा ६० वर्षीय मेदी यादवको घरमा चेकजाँच गर्दा घरभित्र २६ र थप १ गरी २७ पोका गाँजा बरामद भएको छ । घरमुली  यादव भने फरार छन् ।

बरामद भएको २७ पोका गाँजा तौल गर्दा कुल ७१७.६ किलोग्राम पुगेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ । फरार रहेका मेदी यादवको खोजीका कार्यसँगै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस