
सुर्खेत, २ श्रावन। चाइनिज पेस्तोल र जरायोको सिङ सहित दुई युवक पक्राउ परेका छन् । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–८ बाट चाइनिज पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १२ राउन्ड, जरायोको सिङ १ थान बरामद भएको हो ।
यसका साथै नियन्त्रित लागुऔषध ट्रामाडोल ८ सय ६० ट्याब्लेट र नाइट्राजेपाम ४ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय बिधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले विधानको घर तलासी गर्दा उक्त हातहतियार र लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
