तोडफोड गर्ने र यात्रुलाई कुट्ने दुईजना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ४, शनिबार (७ महिना अघि)
  • ४ पटक पढिएको
तोडफोड गर्ने र यात्रुलाई कुट्ने दुईजना पक्राउ

स्याङ्जा, ३ श्रावन। तोडफोड र कुटपिट गरेको भन्दै प्रहरीले बिरुवा र हरिनास गाउँपालिकाका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिरुवा गाउँपालिकाका २७ वर्षीया बिक्रम राना र  हरिनास गाउँपालिकाका २१ वर्षीय सविन भन्ने योगेन्द्र मानन्धरलाई कास्कीबाट पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको  प्रशन्नराज चौधरीले जानकारी दिए।  

उनीहरूले दुवै जनामाथि असार १० गतेका दिन हरिनास गाउँपालिका -१ मा लेगौडा – विरुवा सडकमा गुडिरहेको बोलेरो जीप रोकी २ जना यात्रुलाई कुटपिट गर्नुका साथै जीप समेत तोडफोड गरेका थिए।

त्यसपश्चात उनीहरु फरार रहेका थिए। उनीहरू दुबैलाई अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ। 

ताजा अपडेट

खोजी गर्नुहोस