दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ४, शनिबार (७ महिना अघि)
  • ४ पटक पढिएको
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, ३ श्रावन। दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकलका चालक राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

रा २ प ६२६१ नम्बरको मोटरसाइकल गएराति राप्ती पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको हाे। दुर्घटनामा टाउकोमा चोट लागेका पुनलाई उपचारका लागि लमही अस्पताल पुर्‍याइएको थियो । तर डाक्टरले मृत घोषणा गरेका र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस