पत्रकार रबिन्द्र प्रजापति श्रीमती अन्जलि पंडितको कारणले गरे आत्महत्या

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ५, आईतबार (७ महिना अघि)
  • ३ पटक पढिएको
पत्रकार रबिन्द्र प्रजापति श्रीमती अन्जलि पंडितको कारणले गरे आत्महत्या

रौतहट, ४ श्रावन। रौतहटको पत्रकार रविन्द्र प्रजापती श्रीमती अन्जलि पंडितको कारणले आत्महत्या गरेका छन्। स्थानीय कटहरिया नगरपालिका ५ निवासी २८ वर्षीय प्रजापतिले शनिबार राति आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका हुन्।

कटहरिया बजारमा संचालित म्युजिकल एफएमका समाचार वाचक रहेका प्रजापति घरायसी विवादका कारण आफ्नै सुत्ने कोठाको झ्यालको रडमा पासो लगाएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए।

घरका सदस्यहरूले कोठाको ढोका फुटाएर पासोको डोरी काटेर उपचारका लागि गरुडास्थित ग्रान्डी अस्पतालमा पुर्याएका थिए। ग्रान्डी अस्पतालका चिकित्सकले मृत घोषणा गरेको कार्कीले बताए। मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम गौरस्थित सरकारी अस्पतालमा राखिएको इप्रका गरुडाका डिएसपी कार्कीले बताए।

विगत केहि दिन देखि उनी अत्याधिक पारिवारिक तनावमा थिए । पत्रकार प्रजापतिले आत्महत्या गर्नुको कारणको बारेमा जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको डिएसपी दिपक रायले बताए । के थियो पारिवारिक तनाव ? तिन वर्ष अघि गौर नगरपालिका ६ की अन्जलि पंडित सँग वैवाहिक बन्धामा बाधिएका प्रजापति विगत एक वर्ष देखी श्रीमतिसँग मनमुटाव र घरायसि विवादका कारण तनावमा थिए ।

उनले हिजो रातिनै आत्महत्या गरेको खबर पाउँदा समेत उनकी श्रीमती अन्जलि पंडित वा ससुराली पक्षका कोही पनि उनको शव हेर्न समेत आएका छैनन । “श्रीमतीले दैनिक तनाव दिने, राति रेडियोको कार्यालय बन्द गरेर घर जाँदा किन घर आएको भनेर झपार्ने लगायतका काम गर्थिन ।”

कटहरीया म्यूजिकल एफएमका म्यानेजर प्रकाश श्रेष्ठले भने “यो भन्दा अघि पनि उनकी श्रीमतिले प्रहरीको महिला सेलमा उजुरी दिएर कानूनी महिला हिंसा भयो भन्दै कारवाही गराउन खोजेकि थिइन पछि प्रहरी र समाजका व्यक्तिहरुले श्रीमान श्रीमती बिच समझदारी गराएका थिए ।” समझदारी गरेर श्रीमानको घर गए पनि १० दिन नबित्दै उनकी श्रीमती फेरि झगडा गरेर २ वर्षकी छोरी लिएर माइत आएकी थिइन ।

प्रजापतिको गौर ६ गढवामा ससुरालि रहेको छ । मृतक प्रजापतिको शव हिजो राति नै पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल गौरमा ल्याए पछि उनी श्रीमानको शव हेर्न समेत नआएको पत्रकार प्रकाश श्रेष्ठले बताए । दोश्रो पटक पनि उनकी श्रीमतिले महिला सेलमा पुनः महिला हिंसाको निवेदन दिए पछि भोलि साउन ५ गते दुवै पक्षलाई प्रहरीले उपस्थीत हुन समय दिएको थियो ।

साउन ५ भन्दा २ दिन पहिले हिजो नै उनले आत्महत्या गरेका छन । मृतक प्रजापतिको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस