कैलालीमा एक शिक्षकको रहस्यमय मृत्यु भएपछि तीन जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ५, आईतबार (७ महिना अघि)
  • ३ पटक पढिएको
कैलालीमा एक शिक्षकको रहस्यमय मृत्यु भएपछि तीन जना पक्राउ

धनगढी, ४ श्रावन। कैलालीमा एक शिक्षकको रहस्यमय मृत्यु भएपछि तीन जनालाई पक्राउ गरिएको छ। जानकी गाउँपालिका–४ को जनता नमुना माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षक जगदीश पन्तको शङ्कास्पद मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।  पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पेय पदार्थमा विषादी मिसाएको र सो पेय पदार्थ पन्तले सेवन गर्दा उनको मृत्यु भएको आशङ्का गरिएको छ।

घटनाबारे बुझ्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक नवीनराजा बुढाथोकीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस