
बर्दिया, ४ श्रावन। आफ्नै घरमा पालेको गोरुले हानेर एक वृद्धको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–५ शाहीपुरका ६७ वर्षीय खलक बहादुर थारुको आइतबार बिहान मृत्यु भएको हो।
पालेको गोरु बिहान छुटेर घरबाट करिब १ किलोमिटर टाढा बसन्ता इलाका वन कार्यालयको प्राङ्गणमा पुगेको ठाकुरबाबा नगरपालिका–५ का वडा अध्यक्ष शम्भु प्रसाद थारुले बताए।
‘गोरु बाँध्य डोरी लिएर जानु भएको रहेछ,’ वडाध्यक्ष थारुले भने, ‘घर देखि टाढा र एकान्त भएकोले गोरुले हान्दा कसैले देखेन, घटना स्थलमै उहाँको मृत्यु भएको रहेछ ।’
‘बाख्रा चराउने मान्छेहरुले पल्टेको देखेर खबर गरेका हुन् । म पनि घटना स्थलमै छु । मुचुल्का उठाउने काम भइरहेको,’ अध्यक्ष थारुले भने।
