
सर्लाही, ४ श्रावन। धनुषामा विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मिथिला बिहारी नगरपालिका–६ सिर्सिया बस्ने २८ वर्षीया रंजितादेवी यादव रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनि शनिबार दिउँसो कलमा जडित विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो।
सोहि अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
