उद्योग वाणिज्य संघमा गोपालीको प्यानल नै विजयी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ५, आईतबार (७ महिना अघि)
  • ४ पटक पढिएको
उद्योग वाणिज्य संघमा गोपालीको प्यानल नै विजयी

रौतहट, ४ श्रावन। रौतहट उद्योग वाणिज्य संघमा रविन्द्रनाथ गोपालीको प्यानल नै विजयी भएको छ ।

अध्यक्ष पदका लागि रविन्द्रनाथ गोपाली पहिले नै सर्वसम्मत रूपमा चयन भएका थिए । अध्यक्ष सर्वसम्मत भए पनि अन्य ११ सदस्य पदका लागि शनिबार निर्वाचन भएको थियो ।

मत परिणाम अनुसार सदस्यमा रितेश अग्रवाल, सन्तोषकुमार केशरी, चन्द्रप्रकाश अग्रवाल, विनोद कुमार, राजु जयसवाल, सुनिल जयसवाल, भैरव साह, मनोज कुसवाहा, विजय कुशवाहा, दिपेन्द्र झा र अभिमन्यु गुप्ता विजयी भएका छन ।

नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम छिट्टै तोकिने निर्वाचन कार्यक्रम संयोजक ब्रिजकिशोर यादवले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस