सप्तरीबाट ३८८ किलो गाँजासहित एक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ६, सोमबार (७ महिना अघि)
  • ३ पटक पढिएको
सप्तरीबाट ३८८ किलो गाँजासहित एक पक्राउ

सप्तरी, ५ श्रावन। सप्तरीको राजगढ गाउँपालिकाबाट प्रहरीले ३ सय ८८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

राजगढ गाउँपालिका–३ नर्घो का ४१ वर्षीया रेखा कुमारी मण्डलको घरबाट प्रहरीले ३ सय ८८ किलो ७ सय ३० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको हो ।

आइतबार बिहान इलाका प्रहरी कार्यालय कल्याणपुर समेतबाट खटिएको प्रहरी टोलीले मण्डलको घर तलासी गर्ने क्रममा निर्माणाधीन शौचालय, गोठ र घर नजिकैको बाँसको झ्याङबाट गरी १२ वटा बोरामा लुकाइराखेको अवस्थामा गाँजा बरामद गरेको जनाइएको छ ।

बरामद गाँजा र पक्राउ परेकी मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस