सप्तकोशी नदीमा डुबेर एक बालक बेपत्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ६, सोमबार (७ महिना अघि)
  • ३ पटक पढिएको
सप्तकोशी नदीमा डुबेर एक बालक बेपत्ता

सुनसरी, ५ श्रावन। सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना बेपत्ता भएका छन् ।

भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

तीन जना सँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएको र दीपेश बेपत्ता भएको उनले बताए । बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस