सेयर काराेबारी अग्रवाल टोखाबाट पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ६, सोमबार (७ महिना अघि)
  • ३ पटक पढिएको
सेयर काराेबारी अग्रवाल टोखाबाट पक्राउ

काठमाडौं, ५ श्रावन। सेयर काराेबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले अग्रवाललाई टोखाबाट पक्राउ गरेको हो । ठगी र विश्वासघात कसुरमा अग्रवाललाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख विश्व अधिकारीले बताए । २२ करोड ठगी अरोपमा अग्रवाल पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो ।

सेयर बजारमा धेरै लगानीकर्ताले ‘आदर्श’ मान्ने गरेका अग्रवालले सस्तोमा सेयर खरिद गर्ने र महँगोमा बिक्री गर्ने गर्दै आएका थिए । उनी आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जाल मार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पुर्‍याउने भन्दै झुट्टा अस्वासन दिने गर्थे । सेयर लगानीकर्ताले खरिद गर्न थालेपछि भने अग्रवाल आफ्नो सेयर बिक्री गर्थे ।

त्यसैगरी अग्रवालले १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खाता चलाउने गर्थे । उनले ती खातामार्फत आफैं खरिद गर्ने र आफैंले बिक्री गरी सेयर मूल्य बढाउने काम गर्दै आएका थिए । सेयर मूल्य निश्चित तहमा पुर्‍याएपछि उनले  सेयर बिक्री गर्थे ।

त्यसैगरी अन्य व्यक्तिका कारोबार खाता पनि आफैं चलाउने र धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने तर तिर्नुपर्ने पैसाका सन्दर्भमा अनेक लफडा गरेर भुक्तानी नदिने गरेका थिए । साथै, आफैंले एक कारोबार खाताको पैसा अर्को व्यक्तिकोमा ट्रान्सफर गर्ने समेतको काम गरेपछि धितोपत्र बोर्डमा उजुरी परेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस