आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ६, सोमबार (७ महिना अघि)
  • ३ पटक पढिएको
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

दाङ, ५ श्रावन। छोरी बलात्कार गरेको आरोपमा दाङ प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । १८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ३८ वर्षका बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।

प्रहरीका अनुसार गते असार ३० गते राति छोरीलाई बलात्कार गरेको भन्दै आफन्तले उजुरी दिएपछि साउन ३ गते उनलाई घरैबाट पक्राउ गरिएको हो ।

आरोपीको श्रीमती र छोरा रोजगारीका लागि भारतमा छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।पीडितको गोपनीयताका कारण प्रहरीले पिडकको समेत नाम र ठेगाना गोप्य राखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस