नेपाली नागरिकता र ७ लाखसहित तिब्बती महिला पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ६, सोमबार (७ महिना अघि)
  • ३ पटक पढिएको
नेपाली नागरिकता र ७ लाखसहित तिब्बती महिला पक्राउ

काठमाडौं, ५ श्रावन। त्रिभुवन अन्तराष्ट्रि विमानस्थलबाट सोमबार एक तिब्बती महिला पक्राउ परेकी छन् ।

नेपाली नागरिकता र अवैध ६ लाख ७८ हजार रुपैयाँ फेला परेपछि उनी पक्राउ परेकी हुन् । मिङ्गा छिरिङ नामको सक्कल नेपाली नागरिकता भेटिएको प्रहरीले स्रोतले बताएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दोस्रो प्रतिलिपिको रूपमा उक्त नागरिकता लिएको पाइएको छ । उक्त नागरिकता उनले कसरी बनाइन् भन्ने विषय अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

पक्राउ परेकी ती महिलालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस