८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ७, मंगलबार (७ महिना अघि)
  • ३ पटक पढिएको
८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ

काठमाडौं, ६ श्रावन। पर्वतमा ८ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना वृद्ध पक्राउ  परेका छन् । बलात्कार आरोपमा प्रहरीले बिहादी गाउँपालिकाका ६४ वर्षीय भुवानन्द तिवारीलाई पक्राउ गरेको छ ।

भुवानन्दले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरी आएपछि प्रहरी चौकी सेतीवेणीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

त्यसैगरी उदयपुरमा पनि १४ वर्षीया बालिका बलात्कारको आरोपमा चौदण्डी नगरपालिका–९ अजयगराका १९ वर्षीय सुजन दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस