वीरगञ्ज, ६ श्रावन। वीरगञ्जमा ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका – २४ २४ निवासी २६ वर्षीय जाहिर अन्सारी रहेको प्रहरीले जनाएको छ ।
आफ्नै घर अगाडि ई-रिक्सा चार्जमा लगाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक अन्सारीको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको पर्सा प्रहरीले जनाएको छ ।


