सर्लाही, ७ श्रावन। सर्लाही जिल्लाको गोडैता नगरपालिका – ८ मा सोमबार राति एउटा संगठित चोरी समूहले चार घरलाई लक्षित गर्दै योजनाबद्ध ढंगले चोरी गरेका छन्। चोरहरूले भूमिगत सुरुङ खनेर घरभित्र प्रवेश गरी लाखौं रुपैयाँ बराबरको नगद, गरगहना र अन्य सामाग्री लुटेर लगेका हुन्।
स्थानीय जोगी मण्डल खत्वे, सफी महम्मद दर्जी, रहमत दर्जी र पीर मिहम्मद मन्सुर रहेका छन्। पीडित परिवारहरूका अनुसार चोरी एकै रातमा संगठित तरिकाले भएको हो। जोगी मण्डलको घरबाट ३५ हजार नगद र दुई वटा मोबाइल हराएका छन् भने सफी महम्मद दर्जीको घरबाट १० हजार भारतीय रुपैयाँ चोरी भएको छ।
त्यस्तै, रहमत दर्जीको घरबाट एक मोबाइल र २ हजार नगद चोरिएको जनाइएको छ। तर सबैभन्दा ठूलो क्षति पीर मिहम्मद मन्सुरलाई भएको छ। मन्सुरको घरबाट जग्गा किन्न राखिएको ५ लाख ६ हजार रुपैयाँ नगद र गरगहना समेत चोरी भएको छ।
घटनापछि प्रहरीको टोली तत्काल घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ। चोरीका घटना बारम्बार भइरहँदा स्थानीयवासी त्रासमा परेका छन् भने सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्।

