सर्लाहीको गोडैतामा रातारात सुरुङ खनेर एकैरात चार घरमा चोरी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ८, बुधबार (७ महिना अघि)
  • ३ पटक पढिएको
सर्लाहीको गोडैतामा रातारात सुरुङ खनेर एकैरात चार घरमा  चोरी

सर्लाही, ७ श्रावन। सर्लाही जिल्लाको गोडैता नगरपालिका – ८ मा सोमबार राति एउटा संगठित चोरी समूहले चार घरलाई लक्षित गर्दै योजनाबद्ध ढंगले चोरी गरेका छन्। चोरहरूले भूमिगत सुरुङ खनेर घरभित्र प्रवेश गरी लाखौं रुपैयाँ बराबरको नगद, गरगहना र अन्य सामाग्री लुटेर लगेका हुन्।

स्थानीय जोगी मण्डल खत्वे, सफी महम्मद दर्जी, रहमत दर्जी र पीर मिहम्मद मन्सुर रहेका छन्। पीडित परिवारहरूका अनुसार चोरी एकै रातमा संगठित तरिकाले भएको हो। जोगी मण्डलको घरबाट ३५ हजार नगद र दुई वटा मोबाइल हराएका छन् भने सफी महम्मद दर्जीको घरबाट १० हजार भारतीय रुपैयाँ चोरी भएको छ।

त्यस्तै, रहमत दर्जीको घरबाट एक मोबाइल र २ हजार नगद चोरिएको जनाइएको छ। तर सबैभन्दा ठूलो क्षति पीर मिहम्मद मन्सुरलाई भएको छ। मन्सुरको घरबाट जग्गा किन्न राखिएको ५ लाख ६ हजार रुपैयाँ नगद र गरगहना समेत चोरी भएको छ।

घटनापछि प्रहरीको टोली तत्काल घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ। चोरीका घटना बारम्बार भइरहँदा स्थानीयवासी त्रासमा परेका छन् भने सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस