वीरगञ्ज, ७ श्रावन। पर्साको सखुवा प्रसौनी गाउँपालिका – ५ महुवनस्थित पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको हर्दिया प्रसौनी निवासी ५० वर्षीय जिरजोधन माझी रहेको प्रहरीले जनाएको छ । ससुराली आएका माझी मङ्गलवार दिउँसो करिब ३ देखि ४ बजेको समयमा सम्पर्कविहीन भएका थिए ।
बुधवार बिहान वडा कार्यालय नजिकै रहेको पोखरीमा एक शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । सूचना पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक स्वरूप शर्मा नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीका अनुसार घटनास्थलको मुचुल्का तयार गरी शवलाई परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।


