जनकपुरधाम, ०७ श्रावन। धनुषाको सिमासँगै जोडिएको भारतस्थित मैनाथपुर बोर्डरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चार राउण्ड गोली चलाएको छ । धनुषा जिल्लाको मैनाथपुर सिमावर्ती क्षेत्रसँग जोडिएको भारत बिार राज्यअन्तर्गतको मधुवनी जिल्ला ग्रामपञ्चायत– ६ मैनाथपुर सिमामा भारतीय एसएसबीले चार राउण्ड गोली चलाएको हो ।
मैनाथपुर बोर्डर हुदैं भारतीय व्यपारीले रासायनिक मल नेपालमा ल्याउने विषयमा भारतीय एसएसबीसँग भएको विवाद पश्चात एसएसबीले चार राउण्ड गोली चलाएको हो ।
भारतीय व्यापारी लामोहन पासवानसँग भएको विवादमा अवस्थालाई नियन्त्रणमा लिन भारतीय एसएसबीले गोली चलाउँदा भारतीय व्यपारी भर्ता पासवानको दाहिने कम्मरमा गोली लागेको छ ।भारतीय एसएसबीले सुरक्षा अवस्था नियन्त्रणमा लिन चलाएको ४ राउण्ड गोलीमध्ये दुई राउण्ड गोली भर्ता पासवानको कम्मरमा लागेको हो ।
हाल नेपालस्थित विदेह नगरपालिका –१ स्थित महिनाथपुर सिमा र भारतस्थित बोर्डर बन्द गराइएको सशस्त्र प्रहरी मधेस प्रदेशका छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले जानकारी दिए ।
साथै नेपालबाट भारत तथा भारतबाट नेपाल आउने सर्वसाधारणलाई आवत–जावतमा समेत रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


