बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ९, बिहिबार (७ महिना अघि)
  • ३ पटक पढिएको
बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ जना घाइते

बाजुरा, ०८ श्रावन। हिमाली गाउँपालिका- ५ किउडीबाट धुलाचौरका लागि छुटेको जीप टुनीगडामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।  कम्तिमा १५ जना बढी घाइते भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा हिमाली गाउँपालिका- ५ की ७६ वर्षीया बाजा रोकाया र सोही गाउँकी ७५ वर्षीया विजौरा रोकाया रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीय अमलाल कार्कीले जानकारी दिएका छन् ।

किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र।०३००१ ज ०३३८ नम्बरको जीप दुर्घटना भएको बताइएको छ।  जिल्ला प्रहरी कार्यालय बाजुराले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताएको छ । प्रहरी टोली दुर्घटनास्थलतिर गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस