गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १०, शुक्रबार (७ महिना अघि)
  • ३ पटक पढिएको
गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, ०९ श्रावन। पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार गएराति साढे १२ बजे खैरहनीबाट टाँडीतर्फ तरकारी बोकेर आउँदै गरेको प्रदेश २–०२–००१ च ०५१० नम्बरको गाडीले बा प्र ०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ३३६५ नम्बरको रात्रिबसलाई ओभरटेक गर्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा राति १ः१९ बजे मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस