नहरमा डुबेर एक वृद्धको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १०, शुक्रबार (७ महिना अघि)
  • ६ पटक पढिएको
नहरमा डुबेर एक वृद्धको मृत्यु

चितवन, ०९ श्रावन। चितवनमा नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका १६ स्थित हात्तीगाडे नहरमा डुबेर आज बिहान ८ बजे ७५ वर्षीय कर्णबहादुर गुरुङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार गुरुङ बिहान ७ बजे घरबाट निस्किएका थिए। घरबाट एक किलोमिटर दक्षिणमा पर्ने सो नहरमा ८ बजे मृत फेला परेको खनालले जानकारी दिए। घटनाको विषयमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।

मृतक गुरुङको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा ल्याइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस