सुर्खेतबाट जुम्ला जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १९ घाइते, ५ को अवस्था गम्भीर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १०, शुक्रबार (७ महिना अघि)
  • ५ पटक पढिएको
सुर्खेतबाट जुम्ला जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १९ घाइते, ५ को अवस्था गम्भीर

जुम्ला, ०९ श्रावन। सुर्खेतबाट जुम्ला जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन्। शुक्रबार दिउँसाे १२:२० बजे दैलेखको दुल्लू नगरपालिका-१ तल्लोडुंगेश्वर नजिक दुर्घटना भएको हो। 

कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फोर्स गाडी सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेको थियो। उकालोमा यात्रु चढाउन लाग्दा गाडी पछाडि गएर खसेको हो। गाडीमा सवार यात्रु चालकसहित १९ जना थिए। चालक सुर्खेतको वीरेन्द्रनगरपालिका-९ का २५ वर्षीय दयाप्रसाद न्यौपाने छन्। गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ। 

घाइते हुनेहरूमा कालिकोट तिलागुफा नगरपालिका-९ का ६५ वर्षीय मान जि सी, ३८ वर्षीय दान न खत्री, तिलागुफा नगरपालिका-८ बस्ने ३१ वर्षीय जङ्ग ब रावत, ३६ वर्षीय ज्योति रावल, थर वतन नखुलेकी ३५ वर्षीया महिला, दैलेख आठबीस नगरपालिका-६ बस्ने २६ वर्षीय पदम वि क, उनकी श्रीमती २२ वर्षीया कौसी बिक मेलिना बि क, अछाम जिल्ला विनायक नगरपालिका-९ बस्ने ५८ वर्षीया महि कामी, जुम्लाको तिला-३ बस्ने २३ वर्षीय विशाल शाही रहेका छन्। 

त्यस्तै, कालिकोट जिल्ला सुभकालिका गाउँपालिका-६ बस्ने २६ वर्षीया माया रिजाल, कालिकोट जिल्ला खाडाचक्र-६ बस्ने ४० वर्षीया सीता शाही, रामेछाप जिल्ला सुनपानी गाउँपालिका-१ बस्ने ४० वर्षीय प्रेमकुमार तामाङ, सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका-१२ बस्ने ३२ वर्षीया तुलसा थापा, जुम्लाको तातोपानी गाउँपालिका-६ का नरेश पराजुली, जुम्लाको तिला गाउँपालिका-८ बस्ने १८ वर्षीय रतन रोकाय, १६ वर्षीय विशाल शाही, कालिकोट तिलागुफा नगरपालिका-९ का २४ वर्षीय हिक्मत जिसी र कालिकोट खाडाचक्र नगरपालिका-१ का १४ वर्षीया विनिता शाही घाइते छन्।

चालक र सहचालकलाई प्रहरीचौकी तल्लोडुंगेश्वरले नियन्त्रणमा लिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस