घाँटी रेटेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ११, शनिबार (७ महिना अघि)
  • ३ पटक पढिएको
घाँटी रेटेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

काठमाडौं, १० श्रावन। ललितपुरमा एक श्रीमानले श्रीमतीको चक्कुले घाँटी रेटेर हत्या गरेका छन्। शनिबार बिहान करिब पौने ७ बजेको समयमा गोदावरी नगरपालिका १३ झरुवारासी स्थित  पुस्कर बस्नेतको घरमा डेरा गरी बस्ने ३० वर्षीय मदन बहादुर स्याङतानले २० वर्षीया श्रीमती डोल्मा वाइवाको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

 घटनास्थलमा   प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायव उपरिक्षक यम कुमार श्रेष्ठको कमाण्डमा ७ जना प्रहरी टोली पुगेको छ । सामान्य विषयमा विवाद हुँदा उनले हत्या गरेको बुझिएको छ। मृतक वाइवा मकवानपुरकी र श्रीमान स्याङ्तान सिन्धुलीका हुन् । वाइवा स्याङ्तानको कान्छी श्रीमती रहेको खुलेको छ। श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। 

घटनास्थलबाट चक्कु बरामद भएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस