सिरहा,१० श्रवान। सिरहा प्रहरीले हवाई फायर गरेर एक जना भारतीय नागरिकलाई अवैध आगुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला ग्रामपंचायत बिरपुर ९ बस्ने ३८ वर्षीय श्याम सुन्दर पासवान रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी विरेन्द्र कुमार पासवानका अनुसार गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झाझपट्टीबाट प्रहरी नायव निरीक्षक रामबालक ठाकुर, जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी सहायक निरिक्षक शिव मैनाली र लागु औषध नियन्त्रण व्युरो गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले श्याम सुन्दरलाई पक्राउ गरेको जनाए ।
भारतबाट नेपाल तर्फ आउदै गरेको भारतीय नम्बर भएको बिआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकलमा सवार अह्या सुन्दरलाई सिमावर्ती नवराजपुर गाउँपालिका ४ कुर्सण्डीमा चेकजाँच गर्न रोक्न खोज्दा भाग्न लागेपछी प्रहरीले टाइप ७७ पेस्तोलवाट हवाई फायर गरेको प्रहरी प्रवक्ता डिएसपी पासवानले बताए । प्रहरीले हवाई फायर गरेपछी पक्राउ परेका श्याम सुन्दरको साथवाट खैरो हिरोइन करिब ५० ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका श्याम सुन्दरलाई लागु औषध खैरो हिरोइन र मोटरसाइकल सहित इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा राखी थप अनुसन्धान कार्य भइरहेको डिएसपी पासवानले बताए ।


