सुनको सिक्री लुटपाट गर्ने माछापोखरीबाट पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १२, आईतबार (७ महिना अघि)
  • ३ पटक पढिएको
सुनको सिक्री लुटपाट गर्ने माछापोखरीबाट पक्राउ

काठमाडौं, ११ श्रावन। गलामा लगाएको सुनको सिक्री लुट्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने २१ वर्षीय कौशल बस्नेत र सोही ठाउँ बस्ने २६ वर्षीय मिलन तामाङ छन् । उनीहरुले माछापोखरीबाट एक महिलाको गलाको सिक्री लुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

यो समूहले शनिबार साँझ साढे बजे ति महिलाको सिक्री लुटेका थिए । २ तोल २५ ला अर्थात प्रचलित मूल्य अनुसार ४ लाख ३८ हजार बराबरको सिक्री लुटेको प्रहरीले बताएको छ ।

खोजीको क्रममा शनिबार राति १२:३२ बजे उनीहरुलाई माछापोखरीबाटै पक्राउ गरिएको बोहराले बताए ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट एक थान सिक्री र दुई थान मोबाइल बरामल भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस