काठमाडौँ, ११ श्रावन। जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । मोरङ र उदयपुरमा भएको जबरजस्ती करणीका घटनामा २ जना पक्राउ परेका हुन् ।
मोरङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैंचा नगरपालिका–६ नमुना चोक बस्ने ३७ वर्षीय खगेन्द्र विकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी
चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै उदयपुरमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–९ हडिया बस्ने ४८ वर्षीय गजेन्द्र गिरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गिरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।


